डर लाग्छ दाई !

End Rape Culture

“डर लागिरहेको छ मलाई ? कसरी भनुँ ? कहाँ बाट शुरु गरु ? खै थाहा छैन मैले जे भन्न गईरहेको छु तपाईलाई कस्तो लाग्ला भनेर ? यो कुरा मैले कसैलाई पनि भनेको छैन”

51
यो आवाज एकजना बहिनीको हो जसलाई मैले आफनो सुनसरीको कार्यक्षेत्रमा जाँदा भेटेको थिए । म लगायत म सँग नै काम गर्ने साथी पनि सुनसरी जानु भएको थियो र हामीले त्यहाँ यौन दुव्र्यवहार सम्बन्धि कार्यशाला संचालन गर्नु थियो केटी साथीसँग मात्र । उहाँहरु सँग एक दिनको कार्यशाला गर्दा उहाँहरुले घरमा, मन्दिरमा, सिनेमाहलमा, गाडीमा, स्कूलमा, सार्वजनिक स्थानमा भोग्नु परेको यौन दुव्र्यवहारका कुराहरु बताउनु भयो र त्यसबाट बच्न के कस्ता उपायहरु निकाल्न सकिन्छ भनेर पनि उहाँहरुबाट नै उहाँहरुको बिचारहरु लिएका थियौ । जम्मा ४५ जना सहभागी मध्ये धेरै जनाले यौन दुव्र्यवहार सर, साथी, आफन्त र नचिनेको व्यक्तिबाट भोग्नु भएको कुरा गर्नु भएको थियो । उहाँहरु मध्ये एकजना बहिनी बोल्न खोज्दै चुप लागेर बसिरहेको देखिरहेको थिए मैले तर उहाँलाई बोल्न मन नलागेसम्म जबरजस्ति बोलाउन मिल्दैनथ्यो किनकी त्यो उहाँको अधिकार हो बोल्ने कि नबोल्ने र आफनो कथा सुनाउने भनेर । कार्यशालाको अन्तिम क्षण्मा हामीले केहि केटी साथीको भिडियो पनि खिच्नु पर्ने थियो । त्यहि भएर मैले सबैजनालाई भिडीयोको लागि उहाँहरुको अनुमति मागे र ६ जना साथीले आफनो कथा सुनाउने ईच्छा व्यक्त गर्नु भयो र ति ६ जना मध्ये त्यो चुप लागेर बसिरहेको बहिनी पनि हुनुहुन्थ्यो र उहाँले आफनो कथा भन्न ईच्छा गर्नु भएको देखेर खुशी पनि लागिरहेको थियो । मसँग जानु भएको साथीले बाहिर गएर पालै पालो उहाँहरुको कथा रेकर्ड गरिरहनु भएको थियो म चाँहि अरु केटी साथीसँग कुराकानी गर्नमा व्यस्त थिए । यतिकैमा मेरो साथी आएर एकजना बहिनीले त बोल्नै सकिन भनेर भन्यो । मैले सोधे कुन बहिनीले ? त्यहि बहिनी जो चुप लागेर बसिरहेको थिई नि हो उसले बोल्नै सकिन ? मैले त्यो बहिनीलाई भेटेर कुरा बुझने कोशिस गरे तर बहिनीले मेरो फोन नम्बर मागेर म तपाईलाई कल गर्छु अनि भोली भन्छु भनेर बिदा भई ।

हामी पनि कार्यक्रम सकाएर होटलतिर लाग्यौ । होटलमा पुगेर जिऊलाई बिसाए तर मनमा त्यहि बहिनीको कुरा खेलिरहेको थियो । के कुरा होला त्यस्तो जुन कुरा उनले भन्न सकिनन ? के घटना घटेको थियो होला ? के भएको छ होला ? यस्तै यस्तै कुरा सोच्दै थिए र मसँग आएका साथीले बाहिर घुम्न जाने कुरा ल्यायो । हामी बाहिर घुम्न गयौ गोर्खा डिर्पाटमेन्छ हेर्यो तर मनमा अझै त्यहि बहिनीको कुरा खेलिरहेको थियो । के भएको छ होला भनेर ?

कार्यक्रमले गर्दा दिनभरी बोलेकोले गर्दा थकाई उतकै लागिरहेको थियो र खाना खाएर सुत्न लागे । कतिखेर निदाएछु थाहै भएन ।

एक्कासी मेरो मोबाइलमा एउटा नचिनेको नम्बरले बिहानै ६ बजे फोन गर्यो । निँद्राकै झोकमा मैले फोन उठाए । फोन उठाएपछि थाहा भयो कि त्यहि बहिनी हो भनेर । उनले मलाई भेटेर आफनो कुरा सुनाउने कुरा गरि र त्यहि दिन भेट्ने कुरा भयो । फोन राखेर फेरी सुते म ।

बन्दको कारणले गर्दा दिउँसो भरी केहि काम गर्न पाईएन त्यहि भएर धरानको गर्मी छल्न लाग्यौ हामी भेडेटारतिर । भेडेटार पुगेर त्यहाँको सुकुटी, थुक्पा र चिसो खाएर फेरी फर्कियौ धरानतिर । त्यो दिन त्यसै बितेको आभास भयो र बेलुका हामी दुवैजना कुरा गर्दा गर्दै कतिखेर निदाईएछ थाहै भएन ।

बिहान उठेर लागियो ईटहरीतिर । ईटहरी नपुग्दा पुग्दै त्यो बहिनीले ३ मिसकल गरेको पत्तै पाईन । ईटहरी पुगे र त्यो बहिनीलाई फोन गरेर भेटनको लागि गोर्खा डिर्पाटमेन्ट अगाडी बोलायौ । हामी दुईजना अनि हाम्रो ईटहरीमा बसेर काम गर्ने साथी गोर्खा डिर्पाटमेन्ट अगाडी त्यो बहिनीलाई कुरेर बस्यौ । करीब १५ मिनेट कुरी सके पछि बहिनी आईपुगी र उहाँको कुरा सुन्नको लागि ईटहरीमा भएको हाम्रो कार्यलय तिर लाग्यो ।

कार्यलयमा पनि पुगियो तर कुरा कसरी शुरु गर्ने होला भनेर सोचीरहेको थिए म ? त्यहि भएर होला पहिला त्यो बहिनीको परिवार, पढाई देखि लिएर सामान्य कुराबाट शुरु गयौृ हामीले कुराकानी । त्यसपछि बिस्तारै उसको के कुरा हो त ? कसलाई सुनाउँन मन लागेको छ भनेर सोध्यौ तर केहि बोलिनन् । अनि एकजना साथीले ऊ दाईसँग कुरा गर्न मन छ हो भनेर सोधे पछि मलाई हेरेर मुसुक्क हाँसिन । त्यसपछि उसको कुराको गोप्यनियताको लागि अर्को दुईजना साथीलाई बाहिर पठाएर ऊसँग कुरा गर्न थाले म । बिस्तारै उसले आफनो कुरा शुरु गरिन । उसको पहिलो बाक्य यस्तो थियो ।

“दाई ! अहिले सम्म मैले यो कुरा कसैलाई भनेको छैन तपाईलाई मात्र भनिरहेको हो ।”

मनमनै खुशी लाग्यो तर खुशी व्यक्त गरिन किनकी डर थियो अहिलेको खुशी एकछिनमा कतै रोदमा परिणत पो हुने हो कि ? उनले फेरी बोल्न शुरु गरिन ।

“दाई ! मलाई एकदमै डर लाग्छ । म एकदमै बिरामी पनि छु । टाउको एकदमै दुख्छ दाई । मलाई एकदमै टेनसन हुन्छ दाई । मलाई त पछि गएर मेरो दिमागले काम गदैृन कि जस्तो लाग्छ । म त खुस्किन्छु कि जस्तो लाग्छ । दाई ! मलाई मेरो आफनै दाईले गर्नु गर्यो दाई । तर म कसैलाई यो कुरा भन्न सक्दिन र केहि गर्न पनि सक्दिन । म प्राय बिरामी परिरहन्थे र दिदीकोमा बसेर पढदै गर्थे । एकदिन मेरो आफनै काकाको छोराले मलाई भेटन आउँ न बहिनी एकदमै भेटन मन लागेको छ भनेर बोलाउँनु भयो तर मैले म बिरामी छु कसरी आउनु भनेर आउँदिन भनि तर दाईले कर गरि नै राख्नु भयो । त्यसपछि दिदीले पनि तलाई भेटन मन लागेको होला जा न त के भयो र भनेर भन्नु भयो अनि म बिरामी भए पनि रिक्सा चढेर दाई बस्ने कोठातिर लागे । दाई पनि कोठा लिएर बस्नु हुन्थ्यो । दाईकोमा पुगे अनि दाईले चिया खान्छौ भनेर सोध्नु भयो । मैले नाई दाई म बिरामी छु केहि पनि खान्न भने । दाईले फेरी मलाई त्यसो भए फलफुल खान्छौ त भनेर भन्नु भयो र जबरजस्ती अँगुर खान भन्नु भयो । मलाई अँगुर मन नपरे पनि दाईको मन राखिदिन अँगुर खाए । त्यसपछि मैले अब म जान्छु भनेर भनेपछि दाईले भर्खर त आएकी छौ एकछिन बस न बरु फिलीम हेछौृ भनेर फिलीम लाउनु भयो । मलाई फिलीममा पनि त्यति चाँसो नभएकोले मैले दाईलाई म जान्छु तपाई नै फिलीम हेरेर बस्नु भनेर भने तर दाईले हया बस न भनेर कोठाको चुलुक लगाउनु भयो । मैले आतिएर किन चुलुक लगाउनु भएको दाई भनेर सोधे । उहाँले अरुहरु आउँछन अनि हल्ला गरेर फिलीम हेर्न दिदैन भनेर भन्नु भयो । अनि मेरो नजिक आएर बस्नु भयो र मलाई तँ कति बिरामी पर्छस् है भनेर माया गरेको जस्तो गर्न थाल्नु भयो । मैले नगर्नु न मलाई मन पर्दैन म जान्छु भनिराखे तर उहाँले मान्नु नै भएन र मसँग दाई जस्तो मान्छेले गर्न नहुने कुरा गर्नु भयो । मसँग जबरजस्ती सेक्स गर्नु भयो । म धेरै रोए कराए कुटे तर टिभीको आवाले मेरो चिच्याई बाहिर गएन । त्यसपछि दाईले उल्टो मलाई यो कुरा अरुलाई भनिस् भने तलाई मारि दिन्छु भनेर धम्की दिनु भयो । म धेरै बेर रोएर घर फर्के । कसैलाई केहि भन्न सकिन । १ महिना पछि म गर्भवती भएको कुरा चाल पाए अनि त्यो दाईलाई तैले मलाई यस्तो गरिस् तर म अब के गरु भन त ? मलाई गर्भपतन गर्न सहयोग गर भने तर उल्टै मलाई जे गर्नु छ गर भनेर भन्नु भयो । मैले लुकि लुकि गर्भपतन गराए । मैले मेरो १२ को जाँच पनि दिन सकिन । अहिले पनि उसले मलाई कहिल्यै काँहि फोन गरेर भेटन आईज भन्छ तर मलाई त्यो मान्छेको अनुहार हेर्यो कि घृणा लागेर आउँछ । घरको मान्छेको अगाडी पनि मलाई एकदमै माया गरेको जस्तो गर्छ तर म केहि गर्न सक्दिन । दाई म केहि गर्न सक्दिन ।”

यति भनिसके पछि बहिनी चुप लागेर आँसु पुछन थालिन भने म अवाक भए । ४– ५ सेकेन्डको लागि शुन्यता छाएको जस्तो भयो । त्यो बहिनीले आफनो कथा एक सासमा मलाई बताई तर एकचोटी पनि मतिर हेर्न सकिन्न । लाग्थ्यो उनि कसैसँग आँखा जुधाउँन पनि डराईरहेकी थिई ।

“कति भयो यो घटना घटेको । ”

“उनले उतर दिईन ४ महिना मात्र भयो दाई । मैले फेरी सोधे । ”

“यसको बारेमा किन आफनो घरमा कसैलाई नभनेको त ?”

“दाई मेरो आमाको प्रेसर लो छ र बाबाको प्रेसर हाई छ । यदि यो कुरा उहाँहरुले सुन्नु भयो भने मेरो आमा मर्छिन र बाबा पनि । अरु परिवारको सदस्यले थाहा पाए भने म घरबाट निक्लिनु पर्छ, मेरै गल्ति हो भनेर दोष लगाउँछन, अनि म मर्नु बाहेक अरु केहि बिकल्प हुँदैन दाई । म केहि गर्नै सक्दिन दाई । म केहि पनि गर्न सक्दिन”

“अनि तिमी यस्तो टेन्सन लिएर बसिरहेको छौ ऊ चाँहि खुशी खुशी भएर हिडीरहेको देख्न सक्छौ त ? उसले अपराध गरे पनि आनन्दले घुम्न पाउने अनि तिमीलाई चाँहि यस्तो भएता पनि सहनु पर्ने ? तिमीले त कानुनी सहायता लिनु पर्छ बहिनी । आफनो घरमा भएको आफनो कुरा बुझने मान्छेलाई, दिदीलाई भनि हेर न के थाहा तिमीलाई सहयोग गर्नु हुन्छ कि ?”

“नाई दाई म यस्तो गर्न सक्दिन । मेरो आमा मर्नु हुन्छ दाई । म केहि पनि गर्न सक्दिन कसैलाई पनि भन्न सक्दिन ।”

“त्यसो भए के तिमी यो घटनाले जिवनभरी दुखि भएर बस्छौ त ? के यो कुरालाई तिमीले भुल्न सक्छौ त ?”

“त्यो त कहाँ भुल्न सक्छु र दाई तर म केहि पनि गर्नै सक्दिन”

अब के भन्ने भन्ने हुन थाल्यो मलाई ? किनकी त्यो बहिनीमा आफनो अधिकारको लागि लड्ने आँट आत्मबिश्वास सबै हराएर गईसकेको थियो । आफन्त गुमाउनु पर्ने, समाजबाट बहिष्कार हुने डर, यस्ता धेरै कारणले गर्दा आफनो पिडा लुकाएर नै बस्न बाध्य थिई त्यो बहिनी । उसको आत्मबिश्वासलाई उसको नै आफनै आफन्तले क्षतबिक्षेत पारि दिईसकेको थियो । उसलाई धमिराले काठलाई खोक्रो बनाए जस्तै ऊ पनि डर र बिश्वासघातले भित्रभित्रै खोक्रो भईसकेकी थिई ।

मैले पुन सोधे “हेर बहिनी ! जब सम्म तिमी आफनो लागि लड्दैनौ तब सम्म कसैले पनि तिमीलाई साथ दिन सक्दैन । तिमीले आफनो अधिकारको लागि आफै बोल्नु पर्छ र त्यो व्यक्तिलाई सजाँय दिलाउँन प्रयत्न गर्नुपर्छ । घर जाउँ अनि एकचोटी फेरी ठण्डा दिमागले सोच कि के गर्ने भनेर ? यसरी नै जहिलेको पिडा सहेर बस्ने कि ? त्यो व्यक्तिसँग आफु माथी भएको दुव्र्यवहारको लागि लडने हो ? त्यो तिमीमै भर पर्छ तर तिमीले जस्तो निर्णय गरे पनि आफनो पढाई र अरु प्राथमिकताको कुरा चाँहि नछोड । आफुलाई बनाउँदै लग । के लक्ष्य लिएर हिडेकी छौ त्यो पुरा गर्नको लागि के गर्नुपर्छ आफुलाई तैयार बनाउँदै लैजाउ तर हार नमान । जित एकदिन तिम्रै हुन्छ ।”

“हुन्छ दाई ! म घर गएर यसको बारेमा सोच्छु तर डर लाग्छ दाई ।”

“नडराउँ हामी छौ नि तिमीलाई साथ दिनको लागि बरु जहिले जे कुराको लागि सहयोग चाहिन्छ वा सल्लाह चाहिन्छ मलाई फोन गर्नु”

यति भनिसकेर बहिनी आर.जेको टेनिङ्गमा जानु छ भनेर बिदा मागेर गई । म स्तब्ध थिए । आफुले कहिले पनि सोच्दै नसोचेको मान्छेबाट यस्तो हुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र ? यि बहिनीले पनि कहिल्यै पो सोचेको थिई होला र कि ? आफनै दाईबाट बलात्कारको सिकार हुनुपर्छ होला भनेर । त्यो बहिनीसँग कुराकानी गरियो उसको कथा पनि सुनियो तर नाम भने सोध्नै पाईएन । त्यो बहिनीले के निर्णय लिई होला ? के गर्ने बिचार गरिहोला भनेर अहिले पनि मनमा अनेक कुराहरु खेल्छन र उसलाई चाँडै फोन गर्ने बिचारमा छु । तर यौन दुव्र्यवहार र बलात्कार जहाँकहि पनि हुन सक्छ । जो कोहिले पनि गर्न सक्छ । त्यहि भएर सतर्क होऊ, प्रतिकार गरौं र सुरक्षित रहौ ।

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

1 Comment so far

Post new comment