मैले देखेको, मेरो नेपाल

SSMK Buzz

लगभग दुई घण्टाको पर्खाई पछि हुम्ला जाने टिकट सुर्खेत बिमानस्थलमा पाइयो.., मनमा एक किसिमको उत्साह, डर अनि कौतुहुलताको समिश्रण थियो हुम्ला, जुम्ला जाने हवाइजहाजहरु डर लाग्दा हुन्छन् रे...सिधै डाडामा नै लगेर ढोक्काउँछ की जस्तो लाग्छयस्तै यस्तै भनाइहरुले मन आत्तिरहेको थियो नै तर त्यती नै बेला हुम्लाको मनोरम दृष्यका कुराहरुले चाहिँ मन रमाइरहेको थियो यस्तै यस्तै सोच्दै, साथीहरु सँग रमाइला रमाइला गफगाफ गर्दै हाम्रो हवाइजहाज चढ्ने बेला पनि आयो

हवाइजहाज देख्दा खासै केही लागेको थिएन तर त्यहाँ बाट झार्दै गरेका थुप्रै सामानहरु द्येखेर भने साँच्चै अचम्म लाग्यो यो हवाईजहाज हो की मालबाहक ठूलो ट्रक लगायत मेरा साथीहरु प्नि छक्क परे अझ यो भन्दा पनि हामीलाई अचम्मीत तुल्याउने अर्काे दृश्य त्यहाँ मित्र पसिसकेपछि पो देखियो छिटो अगाडि जानुस् भन्दै एक कर्मचारीले हाम्रो टिकट हेर्दै हामीलाई भित्र हुल्यो भित्र मात्र के पसेको थिएँ फेरी अरु धोव्रm थुप्रै बाक्साहरु देखेर मन डरायो यत्रो सामानहरु राखेर यो उड्छ !!!! यस्तै प्रश्नहरुले मेरो मन खाइरहेको थियो हामी भन्दा पछाडी सामानको थुप्रो अनि त्यो भन्दा पछाडी भन्नाले हवाइजहाजको पुछारमा तिन वटा सिट थियो जहाँ मेरा दुई साथीहरु हवाइ परिचालिका (एयर होस्टेस्) थिए मेरा साथीहरुको अनुहारमा पनि त्यो डर छर्लङ्गै देख्न सक्थे जुन मेरो अनुहारमा पनि त्यती बेला सम्म यथावत नै थियो

कहिले डराउँडै कहिले सेता दन्त लहर मिलेका हिमाल हरिया डाँडाहरु हेर्दै आनन्द मान्दै गयौँ करिव आधा घण्टा पछि हामी चढेको जहाज हुम्ला बिमान स्थलमा रोकियो सुरक्षित साथ मन ढुक्क हुने नै भयो...त्यत्रो संघर्ष नै गर्नु परेको थियो आफ्नो मन सँग कि त्यहाँ सम्म पुगिएला की नपुगिएला भनेर धन्न पुगियो हवाइजहाजको पुछारमा बसेका साथीहरु ओर्लिसकेका थिए हामी चाहिँ त्यत्रा सामानहरु कहिले झारि सक्लान् हामी झरौँला भनेर कुरिरहेका थियौँ केही समयको पर्खाई पछि हामी पनि हुम्लाको बिमानस्थलमा टेक्न पायौँ एकछिन अवाक भएँ, हेरेको हेरैँ भएँ मेरा साथीहरुको त्याहाँ फोटो सेसन सुरु भैसकेको थियो साँच्चै लाग्यो कि कुनै स्वर्गमा नै पुगेकी थिएँ चारै तर्फ सेता हिउँले ढाकेका मनहर्ने दृश्य, स्वच्छ वातावरण, चिसो हावाको स्पर्श, हरियो बनजङ्गल ओठमा हसिलो मुस्कान भएका हुम्लेलीेहरु देख्दा कुनै अर्कै लोकमा पो छु कि भन्ने आभास भयो

नेपालको लगभग ३५ वटा भन्दा बढि जिल्लाहरु भ्रमण गरि सकेकी .. तर हुम्ला पुगे पछि जस्तो भएको अनुभव मलाई कहिले भएको थिएन हुन अरु ठाउँहरुलाई मैले नराम्रो भन्न खोजेकी हैन, तालैतालको शहर मानिने पोखरा, लाहुरेको शहर धरान, बुलबुले ताल भएको सुर्खेत, रानीको महल भएको ढाका शहर पाल्पा, चियाले भरिएको इलाम, पर्यटकिय हिसाबले अत्यन्त लोक प्रिय घान्दु्रङ्ग जस्ता नेपालका प्रसिद्ध ठाउँहरु पनि उत्तिकै राम्रो मनमोहक छन् तर पनि हुम्लाको आफ्नै बिशेषता नेपालको मध्य पश्चिमाञ्चलमा रहेको हुम्ला जिल्ला, मैले सोचेको सुनेको भन्दा अझ कति धेरै फरक केही काम बिशेषले हामी त्यहाँ पुगेका थियौँ सहयोगी भावना भएका मनहरु थुप्रै भेट्यौँ खच्चरलाई मैलै घान्दु्रङ्गको यात्रामा देखेकि थिएँ तर यातायातको लागि प्रमुख भुमिकामा रहेका यहाँका खच्चरहरु तिनीहरुको आवाज कहिले बिर्सिन्न होला राति सुत्ने बेला बिहान भाले बास्नु भन्दा अघि खच्चरले नै ब्यूझाउँथ्यो

हामी काठमाडौँमा बासीहरुलाई धेरै गर्मि धेरै चिसो मौसममा भिज्न अलि गाह्रो नै हुने रहेछ हामीलाई हुम्ला गएको केही दिन अलि गाह्रो नै भएको थियो तर जे होस् मानव जातीको बिशेषता नै हो, यहि बिशेष्ताले गर्दा बिस्तारै बिस्तारै त्यही वातावरण अनुकुल आफुलाई ढाल्न सफल पनि भयौँ आफ्नो काम, नयाँ भाषा शैली ब्यबहार भएको ब्यक्तिहरु सँगको भेटघाट यसरी नै बित्दै थियो हाम्रो दैनिकी... यहि क्रममा हामी हुम्लाको डाडाफाया भन्न ठाउँमा पुग्यौँ दिउशो स्कुलमा गरेको कामको थकानले हामी साह्रै गलेको थियौँ तर हामी बसेको घर नजिकको बुढा मान्छे जसलाई उताको भाषामा बढ्ढा भन्ने गरिन्थ्यो, हो उहाँको मिठा मिठा गफ, त्यही घर नजिका साना साना भाई बहिनाको चटपटा ब्यबहार हर्दै दनदनी आगो बालेर नाच्दै, गाउँदै बसेका थियौँ, रमाइलो भैरहेको थियो हामीलाई पनि आफ्नो ठाउँमा नयाँ मान्छे आएका त्यो पनि रेडियोमा बोल्ने मान्छेहरु, उनीहरुलाई पनि रमाइलो भइरहेको थियो सायद

यत्तिकैमा लामाको ड्रेस लगाएका केही युवाहरु स्वाँ स्वाँ गर्दै आएका हामीले देख्यौँ मन आत्तियो, यति राति को आए होला किन आए होला भनेर सोच्दै के थिएँ त्यत्तिकैमा पछाडी बाँसमा मान्छेलाई बाँदेको जस्तो पनि लाग्यो त्यो देखे पछि झन् मन डरायो सोचँे मरेको मान्छेलाई पोल्न वा गाड्न कतै लाँदैछन् तर केही समय भए पछि थाहा भयो की एक १७१८ बर्षको युवालाई निमोनिया भएको कारण उपचारको लागि सदरमुकाम सिमिकोट जहाँ पुग्न अझै घण्टा लाग्छ, त्यहाा पु¥याइदैछ यो दृश्ष् देखेपछि लाग्यो हामी नेपालीहरु कति बाध्य छौँ यस्तो जिवन जिउन केही बेरको आराम पछि त्यो बिरामीलाई अस्पताल पु¥याउनको निम्ति फेरी लगियो उसको स्थिती एकदमै नाजुक थियो, केही दिन अघि देखि ज्वरो आइरहेको थियो रे, पहिला नै औषधी उपचार गराएर डक्टरको सल्लाह अनुसार अब घर लान हुन्छ भनेर उसलाई घर लगिएको थियो रे

तर फेरी पछि रोगले च्याप्न थाले पछि चार दिन अघि देखि उसलाई सिमिकबोट पु¥याउन भनि लिएर आइयो यो देखे पछि मलाई आफ्ना मन थाम्न एकदमै गाह्रो भयो, हामी सबै जना त्यो दृश्य हेरेर निशब्द भइरहेका थियौँ, एकले अर्कालाई हेर्ने बाहेक केही अर्काे काम थिएन सायद सबै जनाले नै त्यो बिरामीको कठिन अवस्था देखेर भगवान सँग कामना गरिरहेका थियौँ त्यहाँ बाट फेरी उसलाई लगियो बिरामी उसै रोगले च्यापीरहेको थियो, साँस फेर्न उसलाई कडिन भइरहेको थियो, त्यहाँ माथि बाँसमा बाँदेर उसलाई लगिरहेका थिए, झन् कत्ति गाह्रो भइरहेको थियो होला उसलाई

त्यसपछि हाम्रो त्यो केही क्षण अघिको रमाइलो हासिमजाक आफै बिलाएर गयो तर त्यहाँको केही गाउँले हरु हाँसि रहेका थिए, मानौँ केही भएकै थिएन त्यहाँ बिचार गरे हामीलाई पो यो नौँलो दृश्य थियो, तर उनीहरुलाई त्यो एउटा बानी जस्तै भइसेको थियो भोगेको पनि थिए होलान्.. समयमै औषधी उपचार गराउन नपाएर आफ्नाको ज्यान गुमाएका थिए होलान् अनि हामीले जस्तो दखित अनुहार बनाएर कहिले सम्म बस्ने उनीहरु

नेपालकौ सौन्दर्य धेरै नै देखियो, गुणगान पनि धेरै नै सुनियो.. तरयस्ता अवस्थामा गुज्रिरहेका नेपालीहरुको बाध्यता कसले बुझ्छ यहाँ आफैलाई यो प्रश्न सोध्न बाध्य थिएँ हामी सुर्खत बाट आएका हौँ भन्दा, तिम्रा देशमा सदरमुकाम नजिक हुँदा हुन् भन्ने मान्छेहरु देख्दा मन खल्लो भयो लाग्यो एउटै देशका मान्छेहरु बिच फरक कति हुन त्यहाँको मान्छेहरु हामी एउटै देशका हौँ तर उनीहरुलाई लाग्छ हामी कुनै अर्कै देशबाट आएका हौँ

स्वच्छ हराभरा वातावरण जस्तै सफा उनीहरुको मन, सेता निश्चल हिमाल जस्तै चोखो उनीहरुको सोच तर हरेक किसिमको अभाव पिडामा पिरोलिन बाध्य छन् धेरै नेपाली त्यहाँ पुगेर, त्यहाँको अवस्था देखे पछि लाग्यो यस्तो अवस्थामा अझै कति नेपालीहरु गुज्रिरहेका होलान्
यहि हो मैले देखेको मेरो नेपाल

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

2 Comments so far

Anonymous's picture

Yo lekh padha sarai mana dukhyo yati sundar desh bhaera pani hami nepali ko kasto durbhagya.

Anonymous's picture

tapaie lay lekhe ko yo leekh asadhayaeeee aan nai 6oyo

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.