रेडियो कार्यक्रम साथीसँग मनका कुराले परिवर्तन गयो शर्मिलाको जिवन

SSMK Buzz

कैलाली ,साडेपानी स्थायी घर भई हाल कैलाली पहलमानपुर ,लठैयाामा बस्दै आईरहेकी २५ वर्षिया शर्मिला थारु रेडियो कार्यक्रम साथी सँग मनका कुरा लाई एउटा राम्रो मन मिल्ने साथी अनि अभिभवकको रुपमा लिने गरेकी छिन् ।

शर्मिला एक बाल एकल महिला हुन् । उनी  आफू १४ वर्षकी हुदा २०५६ सालमा मागी बिबाह भएको थियो । त्यसबेला उनी ७ कक्षामा पढीरहेकी थिईन् । विबाह भएपछि घर धन्दामै समय बित्न थालेपछि उनको पठनपाठन कार्य पनि पुर्ण रुपमा बन्द भएको थियो । उनको सानो उमेरमा नै बिबाह गरेकोले गर्दा परिवार नियोजनको बारेमा थाहा नपाएको तथा अरुले पनि यसबारे आवश्यक जानकारी नदिएकाृले गर्दा उनी आफु १६ वर्षकी हुदा  छोरीलाई जन्म दिईन् । शर्मिला आफू नै एक बच्चा सरह नै भए पनि उनले आफूलाई परिपक्व आमामा परिणत गर्नु परेको थियो । यस्तै क्रममा २०५८ सालमा उनको श्रिमानको मृत्यु हुन पुग्यो । खाउँखाउँ र लाउँलाउँ भन्ने १६ वर्षे उमेरमा  नै उनी बिधवा हुन पुगिन् । 

घर परिवार र समदाय सबैले छिःछिः र दुरदुर गर्न थालेपछि उनले खाली समयमा रेडियो सुन्न थालिन् । त्यसरी नै समय बित्ने क्रममा एक दिन उनले रेडियो कार्यक्रम साथी सगं मनका कुरा सुनिन् । त्यसबेला सो कार्यक्रम भर्खर शुरुवात भएको थियो । पहिलो पटक सुनेको भएपनि उनलाई कार्यक्रम निकै मन परेपछि उनी नियमित कार्यक्रम सुन्न थालिन् ।

43 श्रिमान्को मृत्यु पछि उनको साहारा कोहि थिएन । अझ त्यस माथि उनी संगै सानी ८ महिनाकी छोरीको भविष्य पनि जोडिएको थियो । कार्यक्रम सुन्ने क्रममा एक दिन जे जस्तो समस्या परे पनि सकेसम्म आफ्नो पढाई छाड्नु हुदैन भन्ने सुनेपछि उनलाई फेरि बिद्यालयमा गएर आफ्नो रोकिएको पढाईलाई अगाडी बढाउने रहर भयो । र यस बारे उनले आफ्नो सासु ,ससुराहरु संग पनि कुरा गरिन् । तर त्यो कुरामा परिवारको साथ पाउनुको सट्टा बिधवा बुहारी स्कुल पढ्न जाने कुरा गर्छे भनेर गाली खानु पर्यो । तर आफुले जसरी भएपनि पढाई अगाडी बढाउनु पर्छ भन्ने उद्देश्य राखेको हुनाले घर र समुदायले बिरोध गर्दा गर्दै पनि उनी जवरजस्ती स्कुल जान थालिन् ।

स्कुल जान शुरु गरेपछि बच्चाकी आमा भएर पढ्न गएकी भनी गाउँका मानिसहरुबाट उनको कार्यलाई धेरै नै बिरोध पनि गरे । तर साथी संग मनका कुराबाट सिकेको  जिपन उपयोगि सिपलाई प्रयोग गर्दै उनी अगाडी बढीरहिन् । आफूले सानो उमेरमा बिबाह गरेर गल्ती गरेकोमा पछूतो पनि गर्न नपाउदै श्रिमानको मृत्यु भएकोले गर्दा अब फेरी पढाई छोडेर अर्को गल्ती गर्नु हँदैन भन्ने लागेर नै जस्तो सुकै समस्या परे पनि आफू र छोरीको भविश्यको लागि पुनः पढ्न शुरु गर्ने अठोड गरेको उनी बताउँछीन् ।
 
स्कुल पढ्न शुरु गरेपछि उनलाई बिभिन्न खालका समस्याहरु पर्न थाल्यो । उनले आफ्नो बिद्यालयको पोसाक ,किताब ,कपि ,कलम  तथा मासिक शुल्क आफै जुटाउनु पर्ने भयो । जसको कारण अब उनी सनिबार तथा सार्वजनिक बिदाको दिन ज्याला ,मजदुरी गरेर पैसा जम्मा गर्न थालिन् । उनको आत्मबिश्वास बढाएर पुनः बिद्यालय जाने वातावरण बनाउन सहयोग गरेको साथी सँग मनका कुरा कार्यक्रम नियमित सुन्नका लागि समय नै नमिल्ने भयो । तर पनि भ्याए सम्म उनी सो कार्यक्रम सुन्ने गर्दथिन् तर सुन्न नपाएको दिनमा भने त्यस हप्ता प्रशारण भएको कार्यक्रमको बारेमा अरुलाई सोध्ने गर्दथिन् ।

यसरी धेरै संधर्ष गरेर उनले आफ्नो पढाई फेरी सुरु गर्न सफल भईन् । पढाई छोडेको ४ वर्ष पछाडी  पुनः आफ्नो पढाई शुरु गरेकी शर्मिला त्यस वर्ष कक्षामा प्रथम भएपछि स्कुलबाट छात्रवृति पाईन् । यस पछि भने उनलाई अलि सजिलो हुन थाल्यो । र अझ राम्ररी पढ्ने हौसला पनि बढ्यो । साथै बिस्तारै घर तथा समुदायबाट पनि आवश्यक सहयोग पाउन थालिन् ।

42 हाल शािर्मला स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै छिन् भने उनकी छोरी पनि कक्षा ६ मा अध्ययन गरिरहेकी छिन् । र अहिले उनी पहलमानपुरमा रहेको अमर सहिद स्मृति  बिद्यालयमा शिक्षिकाको रुपमा काम पनि गर्दै छिन् । उनको जीवनमा अहिले धेरै कुरा परिवर्तन भएको छ....तर केहि कुरा फेरिएको छैन भने त्यो हो...कार्यक्रम साथी संग मनका कुराको साथ, उनी अझै पनि कार्यक्रम सुन्ने गर्छिन...अचेल भने आफ्नी छोरी संगै बसेर दुबै जनाले उक्त कार्यक्रम सुन्ने गर्दछन् ।

आफ्नो जीवनमा परिवर्तन ल्याउन ठूलो भूमिका खेलेको र सँग मनका कुरा कार्यक्रमले ठूलो गुन लगाएको भन्दै शर्मिला यस्तो भन्छिन्, “यदि मैले साथी सँग मनका कुरा नसुनेको भए आज म यो अवस्थामा पुुग्ने थिईन । गाँउघरमा कुलक्षिनी ,अभागिनीको भनाई खादै बस्नु पर्ने हुन्थ्यो होला । मैले सो कार्यक्रमबाट नै जिवन उपयोगि सिपको बारेमा थाहा पाएँ र त्यसलाई आफ्नो जिवनमा पनि प्रयोग गरें । कुनै काम गर्दा गाह्रो भयो भन्दैमा हरेश खानु हँुदैन भन्ने कुरा पनि सिकें । त्यसैले त गाँउकी लाचार , दुःखी र कमजोर शर्मिलाबाट अहिले संघर्षशिल ,प्रेरणादायी शिक्षिका भएकी छु । यसमा मेरो मेहनत, लगनशिलता अनि साथी सँग मनका कुरा कार्यक्रमको पनि ठूलो सहयोग छ ।”

~ Sanju Paudel

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

1 Comment so far

Anonymous's picture

wow nice success story , congratulations SSMK and keep it up ...

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.