सुचना प्रविधीको दुरुपयोग नगरौँ : अर्याल

SSMK Buzz

सूचनाको पहुँचमा सबैले समान अवसर पाउनु पर्छ , सूचना पाउनु सबैको नैसर्गिक अधिकार हो । तर सूचनाको प्रयोग गर्दा निकै नै साबधानी पनि अपनाउनु पर्ने हुन्छ । सुरक्षा र जानकारीका लागि पनि कुनै सूचना र जानकारी राख्नु पर्दछ । साईवर क्याफेहरु सार्वजनीक ठाँउहरु हुन् । हुनत साईवरमा जादा, र ईन्टरनेटको प्रयोग गर्दा परिचय पत्र बोकेर जानु पर्छ तर यो नियम खासै लागु भएको पाईदैन । सार्वजनिक ठाँउको सामाजिक मर्यादा राखी राख्नलाई यो व्यबस्था गरिएको हो । साईवर अपराध भनेको के हो? र साईवर अपराध ऐनको बर्तमान अबस्था के कस्तो छ भन्ने बारेमा साईबर कानुन र आमसञ्चार कानुनको विषयमा काम गरिरहनु भएका अधिबक्ता बाबुराम अर्यालसँग रेडियो कार्यक्रम साथीसँग मनका कुराका लागि सबिता आचार्यले गरेको कुराकानीः 

प्रश्न : सामान्य मान्छेले बुझ्ने भाषामा साईबर अपराध भनको के हो ?

बाबुराम अर्यालः एकदमै सामान्य रुपमा भन्दा कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग भएर हुने जुनसुकै प्रकारका अपराधहरु साईवर अपराध हुन् । र यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन नै साईवर कानुन हो ।

प्रश्न: साईबर अपराध भैरहेको छ भन्ने कुरा कसरी बुझ्ने ?

बाबुराम अर्यालः कम्प्युटर तथा कम्प्युटर नेकर्वकको प्रयोग कहाँ बसेर गरिरहेको छ भन्ने कुरामा भर पर्छ । यदि कसैले घरमै बसेर प्रयोग गरिरहेको छ भने आफु स्वय्म नै जीम्मेवार हुन्छ, यदि तपाई संस्थागत रुपमा चलाई राख्नु भएको छ भने त्यहि  संस्थाले नै आफ्नो कार्यालयमा कस्ता किसीमका कार्यहरु भैरहेका छन् भन्ने कुराहरुको प्रयोगको बारेमा एककिसीमको निर्देशिका बनाउनु पर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको त आफुले प्रयोग गरेको कुराहरु कस्ता छन् भन्ने कुरामा सचेत हुुनु पर्छ । जसले गर्दा आफुले अपराध गरिएको हो की अरुले नै गर्दैछ भन्ने कुराहरु थाहा पाउन सकिन्छ ।

प्रश्न: साईवर अपराध गर्नेलाई कानुनी रुपमा कसरी कारबाही गर्न सकिन्छ ?

बाबुराम अर्यालः अधिकांश साईवर अपराधको बारेमा मान्छे अनविज्ञ हुन्छ । काम गरिरहेका बेला कसरी साईवर अपराध भै रहेको छ भन्ने कुरा नै पहिले पत्ता लगाउनु पर्छ । अपराध भैरहेको थाहा पाए पनि मानिसहरु रिपोर्ट गर्न हिचकीचाउछन् जसले गर्दा यो अपराधलाई अझ बढावा दिने हो की भन्ने पनि नलागेकोे हैन । र यो पत्ता लगाउन पनि सजिलै  हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने साईवर अपराध अन्तरगत कुनै घटना घट्यो भने त्यो राज्यपक्षको घटना हुन्छ र त्यसको उजुरी हामी प्रहरीमा गर्छाैँ । प्रहरीमा गैसकेपछि प्रहरीले त्यसलाई सरकारबादी मुद्धाको रुपमा अध्ययन गर्छ । सरकारी वकिलको कार्यालयसँग छलफल गरेर रिपोर्ट बनाएर अदालतमा पेस गर्ने गर्दछ ।  र कारबाहीको प्रकृया अगाडि बढाउछ । 

प्रश्न: नेपालमा बढिरहेको साईवर अपराधलाई रोक्न कस्तो खालको कानुन आएको छ त?

बाबुराम अर्यालः नेपालमा प्रचलित साईवर कानुन भनेको विद्युतिय कारोबार ऐन २०६३ हो । यस कानुनले न्यायधिकारको अबधारणालाई स्वीकार गरेको छ । सूचना प्रविधी न्यायधिकरण भन्ने एउटा निकाय छ जसले यस्ता मुद्धाहरु हेर्ने गर्दछ । तर सूचना   प्रविधी न्यायधिकरण हालसम्म गठन नभएको अवस्थामा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशीत गरेर काठमाडौँ जिल्ला अदालतलाई जिम्मा दिएको छ । नेपालमा अहिले जतिपनि अभियोगहरु  छन् त्यो सबै काठमाडौँ जील्ला अदालतले हेर्ने गर्दछ । एकपटक जाहेरवालाले प्रहरीमा उजुर गरेपछि व्यक्तिगत रुपमा उ मुक्त हुन्छ र यो प्रकृया सरकारले नै अगाडि बढाउछ । त्यसपछि त्यसको अपिलको रुपमा निमित्त न्याय प्रकृया नै हो । 

प्रश्न: साईवर अपराध गर्नेलाई दण्ड जरिवानाको व्यवस्था कस्तो छ ?

बाबुराम: दण्ड जरिवान तिन किसीमको छ । एउटा भनेको कुनै पक्ष सुचना प्रविधीको आक्रमणबाट उसको सूचना–सम्पदाहरु नोक्सान भयो भने त्यस्तो अवस्थामा त्यसबाट भएको नोक्सानी पिडकबाट क्षतीपूर्ति भराउने व्यवस्था छ, अर्काे भनेको अनलाईमा कुनै अश्लिल प्रकाशन ग¥यो भने त्यसलाई पहिलो पटक पाँच बर्ष जेल सजाए अथवा एकलाख सम्मको जरिवाना वा दुवै, र फेरी पनि त्यस्तै कार्य दोहो¥याएमा त्यसको डेढी सजाए दिने व्यवस्था छ । त्यस्तै अर्काे देवानी प्रकृतिको  मुद्धामा पनि जेल सजाए छ जस्तै कसैले कसैको सूचना चोरी गर्यो भने, सूचना नष्ट गर्यो भने कसैको सिस्टम ह्याक गर्यो भने  त्यस्तो अवस्थामा  तीन लाख सम्म जरिवाना र अधिकतम दुई बर्षसम्मको जेल सजाएको व्यवस्था गरिएको छ ।  थाहा पाएको ३५ दिनभित्र उजुरी गर्नु पर्छ ३५ दिनभन्दा पछि उजुरी गर्यो भने त्यो मान्य हुने छैन । यसको समय सिमालाई ख्याल गर्नु पर्ने हुन्छ । त्यसैगरी यसमा विज्ञको सल्लाह सुझाव वा प्रमाणिकरण नियन्त्रकको सल्लाह लिनु पर्ने कानुनी व्यवस्था छ । 

प्रश्न: साईवर अपराध सम्बन्धि कतिको रिपोर्ट आउने गरेको छ  ? 

बाबुराम: जति अपराध भएका छन् त्यो भन्दा एकदमै कम रिपोर्टहरु आउछन् । यसको मुख्य कारण भने रिपोर्ट गर्यो भने प्रचारप्रसार हुने र आफ्नो नोक्सानी हुने डरले पिडितहरु नै डराउछन् भने अर्काे पिडितहरुले म माथि अपराध हुदैछ भन्ने कुरा नै थाहा पाउन सक्दैनन् । अहिलेसम्मको अवस्था हेर्ने हो भने पनि  अनुसन्धान निकाय त्यति सक्षम नभएको अवस्थामा अनुसन्धान हुदैन, यो यत्तिकै हुन्छ भनेर पनि रिपोर्ट गर्दैनन् । त्यस्तै कतिपयलाई त साईवर कानुन छ भन्ने कुरा नै थाहा छैन । त्यसैले पनि रिपोर्ट आउन सकेका छैनन् । 

प्रश्न: के कारणले गर्दा साईवर कानुन प्रभावकारी हुन सकेन ?

बाबुराम अर्याल: यसमा बहुपक्षिय कमजोरी नै छ । अब कसैको कम्प्युटरको सूचना चोरी भएको छ भने उसले नै रिपोर्ट गर्नु पर्छ तर उसले आफैँ यो यस्तै हो भनेर वास्ता गर्दैन भने त्यो बेलामा उ नै दोषी हुन्छ । जनतालाई कानुन छ है भनेर भन्ने काम सरकारको हो । त्यसैले यो नियम कार्यान्वयन नहुुनुमा बुझाईको कमी हो । जसले यस कानुनलाई कार्यान्वयन गर्नुपर्ने हो, उनीहरुले नै यो कानुन र महत्वको बारेमा राम्रोसँग बुझेका छैनन् । उनीहरु सूचना प्रविधीको आयामहरुको बारेमा राम्रोसँग बुझेका हुदैनन् । त्यसकारणले यसको महत्वको बारेमा कम बुझाई छ । साईवर अपराधबाट हुने क्षतीको बारेमा सरोकारवाला निकाय नै अनविज्ञ छ । सरकारी स्तरमा यसको बुझाई कम छ अर्काे कुरा अनुसन्धान अधिकारीहरुलाई अत्याधुनिक औजारहरु चाहिन्छ भन्ने कुरामा ध्यान दिईएको छैन । त्यसैले यो कानुनको राम्रोसँग कार्यान्वयन हुन सकेको छैन  । नेपालको शिक्षा नीतिमा पनि यस्ता कुराहरुलाई समाबेश गरिनु पर्छ ।

प्रश्न: अन्त्यमा केहि भन्न चाहानु हुन्छ ? 

बाबुराम अर्याल: कसैले तपाईको सूचना सम्पदाहरुलाई ध्वस्त गर्छ, तहसनहस पार्छ, दुरुपयोग गर्छ भने त्यसलाई ढुक्क भएर प्रहरीमा उजुरी गर्नुस् किनकी त्यसको कानुन नेपालमा आईसकेको छ । त्यसैगरी तपाईले प्रयोग गर्दैगर्दा अर्काको अधिकारलाई हस्तक्षेप गरिएको छ की भन्ने कुरा पनि याद गर्नुहोस् र सूचना प्रविधीको प्रयोग गर्दा होसियार रहनुहोस् ।  

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

0 Comment so far

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.