रेडियोमा नै प्रवेश गरायो साथी सग मनकाकुरा रेडियो कार्यक्रमले

अति मिलनसार , मिहेनति , लगनशिल र सृजाशील बिचार भएकी यवतीको  नाम हो अमृता के सी ।उमेरको हिसाबले बिस बर्षकि केसी रेडियो कायक्रम साथी सग मनकाकुरा सुनेर आफुमा ठूलो परिर्बतन गर्न सकेको बताउछिन् 

कुराकानीको क्रममा रेडियोमा काम गर्ने भित्री इच्छा भएको बताउने के सी बाल्यकालदेखि नै रेडियोमा बोल्ने इच्छा भएको बताइन ।

किशोर अवस्थामा प्रवेश गरिसके पछि उनिमा केहि परिर्वतन आएको देखेर आफु

लाई जिस्काउने गर्दथे उनी भन्दछीन ।

 साथी सग मनकाकुरा रेडियो नेपालबाट प्रशारण भए  पछि आ्फु र आफना साथी हरुलाई परेको समस्या समाधान गर्नमा ठूलो सहयोग पु गेको बताउने केसीले आफुले  सुनेको पहिलो कार्यक्रम तोया र सुस्माले चलाएको बैशाख १ गतेको कार्यक्रमबाट साथी सग मनकाकुरा सुन थालेको उनी बताउदछिन 

 

उनी स्मरण गदै भन्दछिन जव रेडियोमा साथी सग मनकाकुरा बज्न शुरु हुनथेयो म रेडियो बोकेर एक्लै सुन्न जादथे कि भने बुवा आमा सग बसेर सुन्न थाले पछि यसस्तो पनि का र्यक्रम सुन्ने हो भनेर गाली गर्नू हुन्थेयो त् यसैले एकान्तमा सुन्ने गरिनथेयो उनले भनिन ।

 धेरै जसो दाइ र म मिलेर सुन्ने गदछौ एकले अर्काेलाइ परेको समस्य समाधाको लागी छलफल अझै पनि गदछौ । यो कार्यक्रम बाट आत्मबिश्वास जागेयो अनि 

पछि बुवा आमालाइ पनि कार्यक्रम सून्नलाई प्रेरणा जगाइयो यो ठुलो परिवर्तन हो उनले भनिन। 

 साथीसग मनका कुरा रेडियो कायक्रम सुनेर आत्मबिश्वास भएपछि केहि गरेर देखाउनु पर्छ त्यसमा पनि राजधानी भन्दा त्यो पनि एउटी गाउकी केटी रेडियोमा बोल्नु पर्छ भन्ने  

        सपनालाई पुरा गर्नू थियो  मेरो उदेश्य अनुसार हिड्नमा साथी सग मनकाकुरा ले निकै सहयोग पुयाको उनी बताउछिन्  ।

 कुराकानीका क्ममा केसीले आफनै दाइले समेत आवज मोटो भएकोमा जिस्काउने गदथेयो एक दिन दुबै दाजु भाई मिलेर रेडियो सुनिरहेको अवस्थामा किशोर अवस्थामा सबैको आवाज परिर्वतन हून्छ भन्ने  बिषयमा कार्यक्रम प्रशारणा भएपछि यो अवस्थमा सबैको आवाज  परिर्वतन हुदोरहेछ भनने बुझे पछि सबै कु रामा परिर्वतन हुदै आयो यो कायृक्रमकै देन हो उनले भनिन।

  नाटक उनलाई सबै भन्दा मनपर्ने बताउछिन।

उनले अरु साथीलाइ परेको  समस्या आफूले नाम परिर्वतन गरेर पठाउने गरेको बताउदछिन  रेडियो बाट नाम प्रशारण हुदा अत्यन्त खुसि भएको उनले बताइन 

कार्यक्रम निरन्तर सुन्दै जादा रेडियोमा कसरी प्रवेश गर्ने र रेडियोमा बोल्न के गर्नु पर्छ भन्ने बारेमा कार्यक्रम बाट जानकारी पाएपछि म त् यही अनुसार काम गरे अहिले  सफलता पनि  पाएकी छु उनले भनिन । 

  आर्थिक अवस्था कमजोर भएका कारण  एस एल सी  पास भएछि स्कुल पढाउन  थाले क्याम्पसको पढाइलाइ पनि  निरन्तरता दिदै गए  मेरो आफनो रुचीको बिषय रेडियोमा बोल्ने थियो पढाउने  पेशामा लाग्दा मेरो  इच्छा अपुरो हुन्छ कि जस्तो 

लागेको थियो  कोहmलपुरमा रेडियो कोहलपुर एफ एम खुलेको थाहा पाए भ्याइ नभ्याइ भए पनि तालिम लिए २१ जना मध्ये उत्कूष्ट भए र रेडियोमा बोल्ने अवसर  पाए यसको श्रेय  रेडियो कार्यक्रम साथी सग मनकाकुरा लाइ दिदछु अमूता केसी बताउछिन्। आफू बाचुन्जेल रेडियो काम  गर्ने इच्छा उनको  रहेुको  छ। 

 अहिले रेडियोमा यूवा साथी , शुभ बिहानी , सुनौ गृहणी ,अन्ताछरी , काइलाकाइलीका कुरा र कहिले काहि समाचार समेत लेख्ने गरेको उनले बताइन  

काठमान्डौका युवा युवती मात्र होइन राजधानी भन्दा बाहिरका ले पनि रेडियोमा  आफनो आवाज दिन सक्दछन भन्ने महान उदेश्यका साथ  रेडियोमा  छिरेकी अमृता केसी साथी सग मनका  कुरा  सुनेर आफुमा आत्मबिश्वास र आत्म जागरुकता भएको  बताइन ।

हुमहरी प्रसाद भट्टराई
बाके

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

1 Comment so far

maodip rai's picture

good morning friend like your program always saphaltako suvhakamana la.happy bijaya dasai la.

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.