क्लवले देखाएको बाटो
दुदुमाया सिन्तान अहिले कक्षा ११ मा पढ्दैछीन् । उनि विहान उठेदेखी रेडियो सुन्ने, क्याम्पस अध्यन सँगसँगै गाँउकै समुहमा गई शान्ति र पुर्नमिलनका कुरा गर्न समेत भ्याउछीन् । उनले गर्ने शान्ति र पुर्नमिलनको समुह सहजीकरणले उनलाई आफ्नो लागि गर्ने खर्च घरमा आमाबाबा सँग माग्न नपर्ने बनाएको छ । २०५० सालमा बाढीबाट प्रभाबित भएर पुर्नःस्थापित भएको मकवानपुरको पदमपोखरी–१ बनस्पती गाउँमा ९ जनाको परिवारमा बस्दै आएकी दुदुमायाले आफुजस्तै रेडियो सुन्ने साथीहरु जम्मा गरेर ३ वर्ष अगाडी साथीसँग मनका कुरा रेडियो श्रोता क्लव गठन गरेकी थिइन । क्लव गठन गरेर दुदुमायाले पदमपोखरी गाउमा रहेका साथीहरुलाई नेतृत्व गर्दै रेडियो सुन्ने र गाउँमा सरसफाई, अन्तरक्रिया जस्ता कार्यहरु गर्दै आएकी थिइन् । बिभिन्न जातजाती र भाषाभाषीमा बिभाजित समाजलाई एकरुपतामा ल्याउदै क्लबले जनचेतनामुलक संबिधान सभाको लागि नागरिक बहस लगाएतका बिभिन्न कार्यक्रम गर्दै पनि गर्दै आएको थियो । दुदुमाया भन्छिन् रेडियोे सुनेर र गाउँमा साना साना कार्यक्रम गर्दै मैल अनुभव वटुल्दै आएकोले अहिले मलाई समुह समुहमा शान्ति र पुर्नमिलनबारे सहजिकरण गर्न सजिलो भएको हो ।
दुदुमाया सिन्तान अहिले गाँउमा शान्ति र पुर्नमिलनको काम गर्छीन् । उनले पदमपोखरी गाविसका ९ वटा वडाबाट प्रतिनिधित्व गरेर आएका ९ जना युवा साथीहरुसँग गाउँमा गर्नुपर्ने पुर्नमीलनबारे छलफल गर्छीन । उनले आजसम्मको सफलतालाई पनि क्लवको सहयोग ठान्छिन् । उनी समुदायमा रहेको जनहित साथीसँग मनका कुरा क्लवमा ३ वर्ष अघिदेखि गरेको नेतृत्व नै आजको यो सफलताको सुरुवात हो भन्छिन् । युवाहरु रोजगार हुन बिभिन्न बाटो खोजिरहेका छन् तर केही युवाहरु भने विभिन्न क्लबमा रहेर काम गरि सिकाईसँगै रोजगार भइरहेका छन् ।
जनहित क्लवका नै अर्का सदस्य पृथ्वीमा वाइवा पनि समुदायमै रहेको युग चेतना नमुना निम्न माविमा अध्यापन गर्दै आएका छन् । पृथ्विमान पनि क्लवमै बसेर काम गरिरहेको कारण नै शिक्षक हुन सफल भएका हुन् । पृथ्विमान पनि दुदुमाया सँगै क्लवमा वसेर काम गर्न सुरु गरेका हुन । उनि भन्छन् समुदायमा काम गर्दै जादा समुदायमा राम्रो काम गर्दै गएकोले विश्वासकासाथ विद्यालयमा शिक्षण गर्ने अवसर दिएको वताउछन् । समुदायमा रहेका क्लवमा वसेर सक्रिय भई काम गर्दै जादा समुदायमा सकारात्मक रुपमा चिनिन्छ र समुदायमा आउने अवसरमा विस्तारै सहभागी हुन सजिलो हुन्छ र साना साना अनुभव लिर्दै आफ्नो भविष्यलाई अगाडी बढाउन सकिन्छ पृथ्वीमान थप्छन् ।
दुदुमाया र पृथ्वीमान मात्र होइन यसै क्लवका अर्का सदस्य सुकुमाया लोप्चनपनि क्लकै सीफारीसमा नजिकैको वनस्पती कार्यालयको ल्यावमा काम गर्छीन् । उनी भन्छिन क्लवमा रहेर सक्रियताका साथ काम गरेकोले नै आज समुदाय र क्लवका साथीहरुले मलाई अवसर दिएका हुन् । क्लवमा बसेर विश्वासीलो भई काम गर्दै जादा अनुभवी भइन्छ र गाँउमा विश्वासीलो पात्र बनिन्छ यसले गर्दा रोजगारीमा लाग्न सजिलो हुन्छ । क्लवमा बसेर काम गर्दै अगाडी बढ्दा रोजगार भएका पृथ्वि, दुदुमाया र सुकुमाया त उदाहरण मात्र हुन यसरी नै धेरै युवाहरु क्लवमा लागेर आफ्नो क्षमता बढाउदै रोजगार भएका छन् ।
Disclaimer
Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.


0 Comment so far
Post new comment