Message:
साथि संग मंकाकुरा तिमि छौ र पनि मेरो मन आहा छैन, वर्ष दिन भयो दोहा कतारमा श्रम गरिरहेको छु तर भने जस्तो कहा हुदो हो,प्रसस्त पैसा कमाउने चाहाना, सपनामात्रै भयो सामान्य रोजीरोटी त गाउघर मै जोगोजामो हुन्थ्यो होला. यहा यस्तै भयो बगरको डुंगा झैँ, न गाउ फर्केर घरमै सुखदुख गर्ने आट आउछ मन नै स्थिर छैन, म जस्तै थुप्रै अन्य साथीहरुको अवस्था पनि यस्तै छ सबैले यस्तै दुखेसो पोख्छन,घर गाउमै आएआर्जन जस्ता सिपमुलक क्रयक्रम को अबसर पाए त जो कोहि पलायन हुने थियन होला
अ साची मेरो घर रोल्पा जिलाको झेनाम गाबिसको balbang गाउ मा पर्छ मेरी प्यारी श्रीमती कल्पना र २ सुबोध छोरा खगोल र बिसाल को याद धेरै नै सताएको छः हिजोआज फोन सम्पर्क हुन् नै सकेको छैन यदि साथी संग मनका कुरा सुन्दै छौ त, म यहा सन्चै छु मेरो बारेमा कुनै चिन्ता नलिनु म निका आराम छु बरु घरको व्यवस्था राम्रो गर्नु घरपरिवार को ख्याल संहार राम्रो गर्नु मनमा चिन्ता नलिए सधै सन्तोस भै रहनु अनि सम्पूर्ण साथि संगी ईस्ता मित्र ढोग नमस्कार छ यो पराइ मा केवल तपाइहरुकै याद र सम्झनाले जीई रहेको छु बाइ बाइ