शिक्षाका कारण सफल प्रेनम

SSMK Buzz

हेटौंडा÷ पढाईको महत्व नबुझ्नेहरु ‘पढेर हात्ति ठूलो भ’को हो र ?’ भन्छन् । तर, मकवानपुर, पदमपोखरी–१ वनस्पतिकी प्रेनम वाइवा, २१ बर्ष, पढेरै ‘ठूली’ भएकी व्यक्तिमध्येकी एक उदाहरण हुन् । शिक्षाकै कारण उनी शिक्षिका बनिन् भने आफू रहेको समुदायकी उदाहरणीय र अगुवासमेत बनेकी छिन् ।

कमजोर आर्थिक अवस्थाका कारण वाइवा पढाई ७ कक्षामै रोकियो । दूई दाजूकी वहिनी वाइवा मासिक शुल्क तिर्न नसक्दा परीक्षामा सामेल नभई पढाई छाड्नुपरेको विगत सम्झिन्छिन् । नौ कक्षामा पढ्दै गरेको दाजू र आफ्नोसमेत मासिक शुल्क परिवारले तिर्न नसक्ने भएपछि आफूले पढाई छाड्नुपरेको उनी बताउ“छिन् ।

पढाई छाडेको दुई बर्षको समय उनले सीप सिक्नको लागि प्रयोग गरीन् । यही अवधिमा उनले झोला बनाउने तालिम पनि लिइन् । स्थानीय महिला मिलन सहकारी संस्थाले उपलब्ध गराएको झोला बनाउने तालिम लिएपछि विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा वितरण गर्न झोलाको माग हुन थाल्यो र झोला बनाउने काम उनको आम्दानीको स्रोत बन्न पुग्यो ।

यसबाहेक विभिन्न संघसंस्थाले गर्ने सडक नाटकलगायत क्रियाकलापमा सहभागी भए वापत पाउने शुल्कले पनि उनलाई सहयोग ग¥यो । त्यसपछि साथीभाईको सल्लाह र पढ्ने आफ्नो तिब्र ईच्छाकै कारण उनी पुनः हेनपा–४ स्थित श्रमिक माध्यमिक बिद्यालयमा भर्ना भएर अध्यन अगाडी बढाउन थालिन् । उनलाई पढाइको महत्व बुझाउन साथीसँग मनका कुराको पनि हात छ ।

26 साथीसँग मनका कुरा सुनेर आफूले जीवनमा ‘ठूला’े मान्छे बन्न पढाईको महत्व बुझेको उनी भन्छिन् । दुई बर्ष पढाइ रोकिएको भए पनि उनले कक्षा सातबाट कक्षा आठमा पुग्दा राम्रो अंक हासिल गरी समूतिर्ण बनिन् र मासिक शुल्क मिनाहा हुने गरी छात्रवृत्तिसमेत पाइन् ।

पढाईमा लगातारको मेहनत र जा“गरको कारण हाल कक्षा १२ मा पढ्दा पनि उनले छात्रवृत्ति पाइरहेकी छिन् । हाल उनी कक्षा १२ को परीक्षा दिएर रिजल्टको पर्खाइमा छिन् ।

२०५० सालको बाढीको कारण मकवानपुरको विकट गाविस सरिखेतबाट विस्थापित भई वाइवा परिवार वनस्पतिमा आइपुगेको थियो । तर, आर्थिकरुपमा विपन्न परिवार भए पनि शिक्षाको महत्वबारे अभिभाभकले बुझेकाले छोरीलाई पुनः पढ्ने वातावरण बनाइदिएकोमा उनी खुशी छिन् ।

आफूले पढाइको महत्व बुझेकैले आफू समाजको उदाहरणीय पात्र बन्न पाएकोमा उनलाई गर्व छ । अभिभाभकले पदमपोखरीस्थित एक गुम्बाको १५ कठ्ठ जग्गा कमाएर धानिरहेको उनको परिवार उनको सफलतास“गै सहज भएको छ । आफ्नो पढाईस“गै पदमपोखरीस्थित युगचेतना नमूना प्राविको बालविकास केन्द्रमा शिक्षिकाको रुपमा कार्यरत वाइवा पढाईको महत्व बुझेर पुनः पढ्न पाएकोमा दंग छिन् ।

वनस्पतिस्थित जनहित युवा क्लबको सदस्य बनेर सामाजिक काममा समेत सक्रिय वाइवा आफूभित्रको जागर र साहसले नै आफ्नो जीवनमा कायलपट हुन सकेको अनुभव सुनाउ“छिन् । पहिला पढाई छोड्नुपर्दा आफ्नो जीवन अन्धकार बन्ला भनी डराउने वाइवा पढाइकै कारण अरुलाई उज्याले देखाउने बाटोमा लागेकी छिन् । उनको यो सफलता धेरैका लागि उदाहरण हुन सक्छ । समाप्त फोटो पनि छ । क्याम्पसन ः आफू सदस्य रहेको जनहित बालक्लबको कार्यालयमा प्रेनम ।

÷ विजय तिमल्सिना,
हेटौंडा

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

6 Comments so far

Post new comment