हामी सबैका लागि ट्राफिक नियम

नयाँ नयाँ ट्राफिक नियमहरु बनाइए पनि सवारी दुर्घटनामा कमी आउन सकेको छैन कतिपयमा सवारी नियम भनेको चालकको लागि हो उनिहरुले मात्रै पालना गर्नु पर्छ सर्वसाधरणको लागि होईन भन्ने धारणा पनि कतिपयलाई ट्राफिक नियम भनेकै के हो किन पालना गर्नु पर्छ भन्ने कुराहरु पनि थाहा भएको पाईदैैन   सामान्य रुपमा ट्राफिक नियम भनेको के हो ? किन पालना गर्नु पर्छ ? नियम पालना नगर्दा के कस्तो कारवाहि हुन्छ भन्ने बारेमा साथीसँग मनका कुराकी साथी मीराले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक सुरक्षा संयोजक , प्रहरी नायव उपरिक्षक सबिन प्रधानसँग गरेको कुराको केही अंश हामीले यहाँ प्रस्तुत गरेका छौँ

 

) ट्राफिक नियमको बारेमा बताईदिनुस् ?

ट्राफिक नियमको बारेमा कुरा गर्नुपर्दा मलाई यो चाँहि सडक सरक्षाको विषयसँग जोडेर कुरा गर्न मन लाग्छ किनभने हामीले जोखिमलाई हेर्नुपर्छ सडक भन्ने बितिकै हामीले एक ठाउँबाट अर्को ठाउँमा जानको लागि सडक सहायक सिद्ध हुन आउछ यो जन्म सिद्ध अधिकार पनि हो मानवअधिकारको विश्वव्यापी घोषणाले पनि स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको प्रत्याभुति गरेको त्यो स्वतन्त्रता कहि कहि गएरबाटो सडकसँग पनि जोडिएको त्यसकारणले मानव अधिकारको उपभोग गर्नको लागि पनि सडकको उच्चतम प्रयोग गर्न पाउनुपर्छ अनि त्यो उच्चतम प्रयोग सँगसँगै हाम्रो सुरक्षाको कुरालाई पनि विचार गर्नुपर्छ तर हाम्रो सडकमा भईरहेको व्यवहारलाई मुल्याङ्कन गर्दा खेरी चाँहि हामी जो कोहि पनि हतारमा देख्छौँ अनि हतारमा भएको कारणले अत्यधिक मात्रामा ट्राफिक नियमको उल्लङ्घन भईरहेको छँ ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा आउदाखेरी हामी लामो लाईन देख्न सक्छौँ लेन अनुशासन उल्लङ्घन गर्नुभएका साथीहरुको लेन अनुशासन उल्लङ्घन गर्नु आफैँमा अपराध होईन तर यसले गर्दा खेरी धेरैजसो दुर्घटना भईरहेका हुन्छन् त्यसकारण ट्राफिक नियम पालना गर्नको लागि सबैभन्दा पहिला हामी सबैले सचेत हुनुपर्ने कुरा के हो भने जब हामी सडकमा निस्कन्छौँ, सडकमा निस्कदाखेरी हतार गर्नुभएन हामीले सिकेका हुन्छौँ स्कुलमा घरमा रेडि, स्टेडि एण्ड गो भनेर तर जब यो रोडको अभ्यासमा आउछ हामीले रेडि, स्टेडि एण्ड गो लाई चेन्ज गरेर त्यसलाई सडक अनुसारको बनाउनुप¥यो त्यो भनेको चाँहि रेडि, स्टेडि एण्ड स्लो त्यो मोडमा हामी सडकमा निस्कनुप¥यो यदि हामी यो नियम अनुसार सडकमा निस्कियौँ भने यसले हामीलाई स्वतः ट्राफिक नियम पालना गर्ने बनाईदिन्छ जसले गर्दा सडक दुर्घटना न्यूनीकरण हुन्छ त्यस्तै ट्राफिक नियमसम्बन्धि केहि प्राविधिक नियमहरु छन् जस्तो कि, ट्राफिक संकेतको कुराहरु यो चाँहि बुझ्नैप्र्छ, जान्नैपर्छ त्यस्तै गरेर अहिले कतिपय सडकहरु बिस्तार भईसकेको छन् भने कुनैकुनै ठाउँमा हाम्रो एक्सप्रेस हाईवे पनि भईसकेका छन् त्यस्तो ठाउँमा गरिएको सडक मार्किङ्गहरु जुन , तिनीहरुलाई पालना गर्न जरुरी बुझ्न जरुरी किनभने अब हामीले सडक मार्किङ्गलाई पालना गरेनौँ भने अब काठमाडौँ भित्रकै गतिको कुरा गर्ने हो भने काठमाडौँ देखि भक्तपुर जान अब ६० को गतिमा सवारी साधनहरु गुड्न पाउछन् कानुनी रुपमा ६० को सेकेण्डमा गुडिराखेको गाडीले सेकेण्ड मात्रै तलमाथि ¥यो भने १५ मिटरको दुरीमा उसको नियन्त्रण हुदैन त्यो भनेको त्यो भनेको आफ्नो नियन्त्रण भन्दा बाहिर गएको दुरीमा जस्तोसुकै दुर्घटना हुन सक्छ त्यसकारण आफूले सोचविचार गरेर ट्राफिक नियमको बारेमा जान्नुप¥यो त्यो भन्दा पहिला रेडि, स्टेडि एण्ड गो को नियमलाई चाँहि सडकमा लागुगर्नुप¥यो


) सडक प्रयोग गर्दा कसलाई बढि प्राथमिकता दिनु पर्छ ?

सडक सुरक्षाको मुख्य प्राथमिकता भनेको पैदलयात्रुलाई नै दिनुपर्छ किनभने प्रतिशतको हिसाबले भन्ने हो भने जति पैदलयात्रुहरु सडकमा हुन्छन् सवारी साधन त्यहाँ भित्रका चालक अनि यात्रुहरु कम हुन्छन् त्यसैले हामीले प्राथमिकता दिनुपर्ने वर्ग भनेको पैदलयात्रु हुन् पैदलयात्रुहरुले पनि आफ्नो प्राथमिकताको प्रयोग गर्नको लागि सडकमा हिँड्दा पेटिको प्रयोग गनुप¥यो हिँड्दाखेरी यदि सडकमा पेटि छैन भने दाहिनेतितर बाट हिड्नुप¥यो जोखिमलाई न्युनीकरण गर्नको लागि धेरै ठाउँमा हामीले धेरै व्यक्तिहरुसँग अन्र्तक्रिया गर्दा खेरी बाँयातिर बाट हिँड्नुपर्छ भन्ने गर्नुहुन्छ ।बाँया तिर बाट हिँड्दाखेरी सवारी साधनहरु पछाडिबाट आईरहेका हुन्छन् आफ्नो किनारातिर त्यसरी पछाडिबाट आउने हुने हुँदाखेरी तल माथि केहि भयो भने हामीले देख्न सक्दैनौँ त्यसकारण हामीले जहिल्यै पनि बाँया तिर बाट हिड्यौ भने देखि अगाडि बाट सवारी साधन आफ्नो किनारामा आईरहेको हुन्छन् अगाडि बाट आउने सवारी साधनको नियन्त्रणमा शंका लाग्यो भने केहि भयो भने हामीले कुनै कुनै रुपमा रेस्पन्स गर्न सफल हुन्छौँ त्यसपछि महत्वपूर्ण कुरा भनेको बाटो काट्दाखेरी हो पैदलयात्रु सबैभन्दा बढि जोखिममा बाटो काट्दाखेरी हुन्छ त्यतिबेला सवारी साधनहरु सडकमा हिडिरहेको हुन्छ त्यो बीचमा बाटो काट्दा पैदलयात्रु जोखिममा हुन्छ अब पैदलयात्रुले याद गर्नुपर्ने कुरा भनेको सडकमा बाटो काट्नको लागि भनेर विशेष स्थान बनाईएको हुन्छ जसमध्ये एउटा जेब्रा क्रसिङ् हो, अर्को ओभरहेड ब्रिज हो अर्को सब वे ब्रिज हो अब काठमाडौँकै कुरा गर्ने भनेपनि सब वे हाम्रोमा एउटा त्यो पनि खासै प्रयोगमा छैन अब हाम्रोमा बाँकि रहेको भनेको दुईओटा अप्सन् हो, एउटा जेब्रा क्रसिङ अर्को आकाशे पुल आकाशे पुल पनि केहि वर्गहरुको लागि पर्खाल मात्रै हो ति वर्गहरुले जस्तै, जेष्ठ नागरिकहरु, अशक्तता भएका व्यक्तिहरुले त्यो प्रयोग गर्नै सक्नुहुन्न अब सबैभन्दा उपयोगी हुने भनेको जेब्रा क्रसिङ हो त्यसैले जेब्रा क्रसिङबाट बाटो काट्ने बेलामा ध्यान पु¥याउनुपर्छ उहाँहरुले सबैभन्दा पहिला जेब्रा क्रसिङमा गएर एकछिन् रोकिनुप¥यो त्यसपछि सडकको स्थिति के मुल्याङ्कन गर्नुप¥यो मुल्याङ्कन गर्ने सबैभन्दा राम्रो तरिका भनेको पहिला दाहिने हेर्ने अनि बाँया हेर्ने फेरि दाँया हेर्ने यति गरेपछि हामीले विचार गरिसक्छौँ कि बाटो सुरक्षित कि छैन भनेर यदि सडकमा सवारी साधनहरु गुडिरहेको भने एकछिन् पर्खिनुप¥यो पर्खिने कहिलेसम्म भन्दा सडक खाली नहुन्जेल सम्म अथवा सवारी साधन नरोकिए सम्म यदि ट्राफिक लाईट भने ट्राफिक लाईटले संकेत नदिएसम्म अब तेस्रो कुरा भनेको अब सुरक्षित भयो बाटो क्रस गर्न सकिन्छ भनेपनि गो स्लो बिस्तारै जानुप¥यो दौडिएर गयो भने दुर्घटना हुन सक्छ यदि कुनै सवारी चालकले नियम पालना नगरेर जेब्रा क्रसिङमा दु्रत गतिले आईदियो भने त्यहाँ रोकिन्छु भन्न सक्ने सम्भावना नै हुदैन एक स्टेप हामी पछाडि आउनै सक्दैनौँ कुदेपछि हाम्रो शरीर नै हुतिएर जान्छ त्यो अवश्यम्भावी हो त्यस्तो अवस्थामा दुर्घटना हुनसक्छ त्यसकारण बिस्तारै जानुपर्छ बिस्तारै जाँदा यदि केहि गरेर त्यसरी सवारी साधन आईरहेको भने हामी रोकिन सक्छौँ अथवा एक स्टेप पछाडि जान सक्छौँ अब अर्को कुरा भनेको चाँहि चालकहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ पैदलयात्रुहरुलाई सुरक्षित राख्न अन्य चालकहरुको लागि पनि सहज हिसाबको वातावरण तयार पार्न चालकहरको लागि अब विशेष कुरा भनेको लेनको नियम पालना गर्नुप¥यो सवारी साधन चलाउदा लेन भनेको के हो भन्दाखेरी सडकमा जुन सेतो रेखाहरु कोरिएको हुन्छ त्यो सेतो रेखाहरुको बीचमा चलाउनुप¥यो अनि त्यसरी सवारी चलाउदा दाहिने या बाहिने जानुप¥यो भने बतीको संकेत प्रयोग गरेर जानुपर्छ यदि दाहिने जाने हो भने दाहिने इन्डिेकटर बाँया जाने हो भने बाँया इन्डिकेटर प्रयोग गरेर आफू प्रेडिक्टेबल भईदिनुप¥यो जसले गर्दा पछाडिको चालकलाई थाहा होस् कि अब यो गाडिले के गर्दैछ ? दाँया जादैछ कि बाँया जादैछ भनेर प्रत्येक सेतो रेखालाई डु नट क्रस भनेर सोचनुप¥यो यदि सिधा लाईन अनवरत रुपमा भने त्यसलाई हामीले कुनैपनि हालतमा क्रस गर्नुभएन कतै त्यो लाईन काटिएको भने चाँहि क्रस गर्न पाइन्छ तर क्रस पनि कतिबेला गर्नुहुन्छ भन्दा जतिबेला सुरक्षित हुन्छ त्यतिबेला मात्रै त्यसैगरी पैदलयात्रुहरुलाई सुरक्षित बनाउने दृष्टिकोढाबाट चाँहि उहाँहरुले जेब्राा क्रसिङ्बाट बाटो काट्छन् भन्ने कुरा बुझ्नुप¥यो त्यो ठाउँमा उनीहरुले पाउने प्राथमिकतालाई दिनुप¥यो, सम्मान गर्नुप¥यो त्यसैले जेब्रा क्रसिङ अगाडि भने सवारी चालकले आफ्नो गतिलाई कम गर्नुप¥यो गति कम गर्दा १५ किलोमिटर प्रति घण्टा सम्मको गतिमा आफ्नो सवारी साधनलाई कमगर्दै लैजानुप¥यो स्टप लाईन आएपछि त्यो ठाउँमा आएर रोकिनुप¥यो अब रोकिसकेपछि पैदलयात्रुहरु बाटो काट्न रोकि बसेका छन् भने उनीहरुलाई बाटो काट्न समय दिनुप¥यो त्यतिबेला पैदलयात्रुहरुले स्टप, वेट एण्ड गो स्लो भनेर नियम पालना गरिरहेका हुन्छन् भने सवारी चालकहरुले चाँहि स्लो डाउन, स्टप एण्ड गिभ वे टु पेडेस्ट्रियन भन्ने नियम पालना गर्नुप¥यो अनि पैदलयात्रुहरुले बाटो काटिसकेपछि पैदलयात्रुहरु बिस्तारै आफ्नो गन्तव्यतर्फ जान सक्नुहुन्छ

 

) यदि नियम पालना नगरेको खण्डमा केकस्तो सजायको व्यवस्था नि ?

सवारी चालकहरुलाई मात्रै अहिलेसम्म हामीले जिम्मेवार बनाईरहेका थियौँ विभिन्न घटनाहरु हामीले देखिरहेका छौँ, विभिन्न सिसिटिभीका फुटेजहरु हामीले मुल्याङ्कन गरिरहेका हुन्छौँ कतिपय अवस्थामा सवारी चालकको गल्ती हुन्छ भने कतिपय अवस्थामा पैदलयात्रुहरुको पनि गल्ती हुन्छ मैले सवारी चालक पैदलयात्रुलाई भन्न खोजेको के हो भनेनि हाम्रो देशमा कुल दुर्घटनामा हुने मृत्यु नि त्यो मृत्युको ४० प्रतिशत मृत्यु चाँहि पैदलयात्रुको भएको हुन्छ त्यसकारणले पैदलयात्रुहरुको पनि जिम्मेवारी उहाँहरुलाई सडकको मापदण्ड पुगेको ठाउँहरुमा छुट्याईएको ठाउँबाट हिड्दिनुप¥यो तोकिएको ठाउँहरुबाट बाटो काट्नुप¥यो तर सडकको मापदण्ड पुगेको ठाउँहरुमा भने यो नियम लागु गर्न सक्दैनौँ त्यसकारण सडकको मापदण्ड पुरा भएको ठाउँमा भने पैदलयात्रुले यो नियम पालना गरिदिनुपर्छ श्रावण महिनाको पहिलो चरणमा हामीले ट्राफिक नियमको बारेमा सिकायौँ मात्रै तर भदौ महिनादेखि भने उहाँहरुलाई घण्टाको सचेतना कक्षा दिन्छौँ यसलाई कारबाहिको रुपमा हैन कि ट्राफिक नियमलाई अझै प्रभावकारी रुपमा सबैजनालाई बुझाउने हिसाबले सुरु गर्दैछौँ हामी यो कक्षा तर त्यसबाट पनि हामीले सोचेको जस्तो सकरात्मक परिवर्तन आएन भने अहिलेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को प्रावधान अनुसार नै २०० देखि १००० सम्मको जरिवाना सवारी नियमको उल्लङ्घन गर्ने व्यक्तिलाई गर्न सक्छौँ


) अब यति धेरै नियमहरु छन् पनि किन चाँहि नियमको उल्लङ्घन भईरहेका छन् ?

अब यसमा धेरै कुराहरु छन् एउटा संरचनागत कुरा पनि हामीले जेब्रा क्रसिङ्गहरु बनाएका छौँ राम्रो भएको सडकहरु पनि ।सिसि टिभीमा हेर्दा पनि सेतो धर्काहरु पनि प्रष्ट देखिन्छन् ट्राफिक चिन्ह भयो, पैदलयात्रुको लागि छुट्याईएको ठाँउ पनि प्रष्ट छन् सुचनामुलक जानकारीहरु पनि ठाउँठाउँमा राखेका छौँ तर सबै सडकमा जुन हिसाबमा आधारभुत फर्निचरहरु हुनुपर्ने हो त्यो फर्निचरहरु राख्न सकिएको छैन बिस्तारै प्रगति भईरहेको जेब्रा क्रसिङ्गकै कुरा गर्ने हो भने पनि कुनै एक या बिन्दुमा जेब्रा क्रसिङ्ग भने बि बिन्दु कति टाढा हुनुपर्छ जेब्रा क्रसिङ्ग भेट्टाउनको लागि एउटा पैदलयात्रु हो भने मैले कति टाढा हिडिसकेपछि मैले पक्का जेब्रा क्रसिङ्ग पाउछु भन्ने कुरामा सुनिश्चितता नै छैन एउटा यो कारणले गर्दा हामीले ट्राफिक नियमको पालना गराउन पूर्ण रुपमा सफल भईरहेका छैनौँ तर पनि पहिलेको तुलनामा अहिले पैदलयात्रुहरुले बाटो काट्नको लागि जेब्रा क्रसिङ्गको प्रयोग गर्ने चलन चाँहि अहिले निकै नै बढेको आकाशे पुलको प्रयोग पनि त्यतिकै मात्रामा बढिरहेको यद्यपि हामीले सोचेअनुसारको प्रयोग गर्ने मात्रा भने बढेको छैन यो एउटा संरचनागत कुरा भयो अर्को जनचेतनाको कमी जनचेतना भएकाहरुलाई पनि सडक भनेको एउटा गन्तव्यमा पुग्न सक्ने एउटा माध्यम मात्रै हो यहाँ सुरक्षित हुनुपर्छ भन्ने महसुस नै छैन जब दुर्घटना हुन्छ त्यतिबेला हामी अनि हाम्रो परिवारले महसुस गर्छौँ नत्र भने त्यतिबेला सम्म हामीले सुरक्षाको महसुस नै गर्दैनौँ अब चालकहरुको लागि पनि त्यस्तै पानी ¥यो भने सडकहरुमा पुरा पानी जमेको हिलाम्मे हुन्छ त्यहाँ नियम पालना गर्न सकिने स्थिति नै हुदैन एकठाउँबाट अर्को ठाउँमा म्यान ओभर गरेर हिड्नुपर्ने स्थिति हुन्छर अर्को कुरा सवारी साधनहरुको नियमित रुपमा चेकजाँच गर्ने पनि हामी गर्दैनौँ जबसम्म गाडि बिग्रदैन तबसम्म हामीले सवारी साधन सडकमा गुडाईरहेका हुन्छौँ त्यो सडकमा गुडिरहेको सवारी साधन आफैँमा कति जोखिमपूर्ण हो भनेर हामीले अनुमान पनि गरेका हुँदैनाँै त्यस्तो अवस्थामा हाम्रो कुनैपनि अवस्थामा दुर्घटना हुन सक्छ नि त्यसैगरी नियमको कुरा गर्नुपर्दा हामी के सोच्छौँ भने ट्राफिक नियम चाँहि ट्राफिकको अनुहारमा हुन्छ कि भन्ने सोच्छौँ कुनै ठाउँमा चोकमा पुगेपछि हामी के भन्छौँ भने ट्राफिक दाईले मलाई उता जा पनि भन्दिनुभएन भन्नुहुन्छ के हामी सकेसम्म ट्राफिकलाई सडकबाट निकालौँ आफैँले ट्राफिक नियमलाई पालना गरौँ भन्ने संस्कृति बसाउने प्रयास गरिरहेका छौँ लेन अनुशासनको पालना गर्नुपर्छ, ट्राफिक संकेतहरु हेरेर सवारी चलाउनुपर्छ भनिरहेका छौँ तर अहिले पनि अधिकाँश साथीहरु सडकमा निस्किनुहुन्छ चोकमा पुगेपछि विशेष गरेर ट्राफिक कहाँ हुनुहुन्छ भनेर हेर्नुहुन्छ अनि ट्राफिकले उहाँलाई केहि ईशारा गरिदियोस् भन्ने चाहनुहुन्छ त्यसैले हामीले नियम बुझेर हैन कि ट्राफिकले भनेको आधारमा सवारी चलाईरहेका हुन्छौँ अनि कारबाहिको लागि आउदा पनि त्यहाँ कुनै संकेत नै थिएन भन्नुहुन्छ अब थापाथलीकै कुरा गर्ने हो भने हामीले पाँच ओटा भिन्दा भिन्दै किसिमका संकेतहरु राखिएका छन् त्यहाँ हामीले भद्रकालीतर्फ जान पाईदैन भनेर राखेका छौँ तर त्यहि नियम ब्रेक गरेर हामीकहाँ आउदा सवारी चालकहरुले त्यहाँ कुनै संकेत नै थिएन भन्नुहुन्छ जबकि हामीले त्यहाँ एउटाले नभएर पाँच ओटा संकेत राखेका छौँ हामीले त्यहाँ रेखा कोरेका छैनौँ कि, नो लेफ्ट टर्न भनेर लेखेका छैनौँ कि, प्रत्येक रेखाहरुले के अर्थ राख्छ भनेर पनि त्यहाँ सचेतना बोर्ड राख्देका छौँ त्यसपछि भद्रकालीतर्फ जान निषेध भनेर छु्ट्टै बोर्ड बनाईदिएका छौँ पनि त्यो देखिएन भनेर हामीले अहिले हामीले ट्राफिकको डमी राखिदिएका छौँ त्यो डमीलाई हामीले ट्राफिक दाईको नाम दिएका छौँ त्यो डमीको बाँया हातले जहिले पनि बोर्डतिर देखाईरहेको हुन्छ त्यति गर्दा गर्दै पनि हामीले ट्राफिक संकेतहरु हेरेर सवारी साधन चलाउदैनौँ भुँईमा भएका रेखाहरु ध्यानै दिदैनौँ त्यसकारण जबसम्म हामीले ट्राफिक नियम हाम्रो सुरक्षाको लागि हो भनेर महसुस गर्दैनौँ ट्राफिक सडकमा भएको खण्डमा मात्र नियम पालना गर्नुपर्छ अरुबेलामा जे गरेपनि हुन्छ भन्ने सोचाई राख्छौँ त्यतिबेला सम्म हामीले ट्राफिक नियम प्रभावकारी रुपमा पालना गर्न अनि गराउन सक्दैनौँ

 

) ट्राफिक नियमको पालना गर्न अनि गराउन हामी युवा जमातलाई कसरी सक्रिय बनाउन सक्छौँ ?

दुईटा पाटो यसको एउटा कम्प्लायन्स अर्को इन्फोर्समेन्ट कम्प्लायन्स चाँहिँट्राफिक नियमको बारेमा आफैँ सचेत भएर पालना गरेको अवस्थामा हुन्छ भने आफू सचेत अथवा हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा नउतारेको अवस्थामा हामीले रोकेर कारवाहि गर्नुपर्ने अवस्था आउछ सबैभन्दा राम्रो कुरा भनेको कम्प्लायन्स नै हो अब हाम्रो युवा साथी, भाईबहिनीहरुले जति हामी भुकम्पको कुरामा गम्भीर छौँ, त्यति नै गम्भीर यो सडक सुरक्षाको विषयमा हुनुपर्छ भुकम्प सरहको कम्पन यहाँ प्रत्येक दिन सडकमा भईरहेको हुन्छ सडकमा प्रत्येका वर्षको फरकमा करिब हजार मानिसको मृत्यु भईरहेको हुन्छ ।अब हामीले यसलाई नियन्त्रण गर्नैपर्छ जसका लागि युवा साथीले आफ्नो तहबाट सकरात्मक कदमहरु चाल्न सक्नुहुन्छ हामीले सचेतना अभिवृद्धि गर्ने क्रममा कक्षाहर मात्र लिन्छौँ हाम्रो युवा साथीहरुमा कसैसँग कला, चित्रकला, सँगीत, नाटक, लेखन आदि सीप हुनसक्छ हो ति सीपहरुको प्रयोग गरेर पनि सडक सुरक्षाको विषयमा अरुलाई सचेत गराउन सक्नुहुन्छ अहिले यो विश्वव्यापी रुपमा सडक सुरक्षा प्राथमिकताको विषय बनेको त्यसैगरी साथीहरुले स्वयँसेवा पनि गर्न सक्नुहुन्छ हामीसँग सहकार्य गरेर ।ट्राफिक महाशाखाको जनचेतना शाखामा सम्पर्क गरेर यहाँहरुले स्वयँसेवा गर्छु भनेर जानकारी दिन सक्नुहुन्छ जुन चाँहि एकदमै राम्रो सामाजिक सेवा हो त्यसैगरी हाम्रो ट्राफिक पुलिसको एप पनि त्यहाँ पब्लिक आई मा तँपाईले कहिँ कतै सडक सुरक्षा सम्बन्धि काम राम्रो भईरहेको या नभईरहेको हुन्छ, त्यो पठाउन सक्नुहुन्छ तर त्यसरी फोटो पठाउदा त्यहाँको पुरा वातावरण देखिन सक्ने अथवा जे कुरा भन्न चाहेको हो त्यो कुरा प्रष्ट देखिनुपर्छ त्यस्तो अवस्थामा हामीले प्रकृति हेरेर सम्झाईबुझाई गरेर या कारवाहि गरेर उनीहरुलाई ट्राफिक नियमको सहि पालना गराउन सक्छौँ तँपाईहरुले यसरी सहभागिता जनाउन पनि सक्नुहुन्छ ट्राफिक प्रहरीले अहिले प्रयोग गरिराखेको सिसि टिभि, गोप्रो क्यामेरा, बडि वर्न आदिले सडक सुरक्षाको अवलोकन गर्न पर्याप्त नहुने हुँदा प्रत्येक नागरिक ट्राफिक प्रहरी बन्न सकेको खण्डमा सडकमा देखिएको अव्यवस्थालाई कम गर्न सक्छौँ


) ट्राफिक नियम ट्राफिकका लागि हो, पैदलयात्रीका लागि हो या सवारी चालकको लागि हो ?

कुनै एक ठाउँबाट अर्को निश्चित ठाउँमा पुग्नको लागि चलायमान चिज ट्राफिक हो चाहे त्यो पैदलयात्रु होस् या सवारी चालक या सवारी साधन अर्को पैदलयात्रु सवारी चालक दुवैको सुरक्षालाई प्राथमिकता दिएर बनाएको नियम नै ट्राफिक नियम हो यसको मूलभुत उद्देश्य भनेको कुनैपनि दुर्घटमा सहज नहोस्, नियमहरु राम्रोसँग पालना होस् एक ठाउँबाट अर्को ठाउँमा जान कुनै किसिमको अप्ठेरो नहोस् भन्नु हो त्यसकारण यो नियम ट्राफिकको लागि हुदै होईन खासमा ट्राफिकको बारेमा हाम्रो गलत बुझाई वास्तवमा हामी सबै जो पैदलयात्रु हुनुहुन्छ अनि सवारी चालक हुनुहुन्छ, हामी सबैजना ट्राफिक हौँ हामी सडकमा ट्राफिकको रुपमा यो हिसाबले छौँ कि ति नियमहरुलाई प्रभावकारी रुपमा सडकमा कार्यान्वयन गराउन सकियोस् यदि ट्राफिक पनि सडकमा हुन्छ भने उसले पनि यो नियम पालना गर्नुपर्छ किनकि त्यो बेलामा पैदलयात्रु हुन्छ हामी पनि सवारी चालक चलाउछौँ त्यो बेलामा हामीले पनि नियम पालना गर्नुपर्छ त्यसकारण हामीले यो ट्राफिक नियम मेरो लागि हो मैले बाईक चलाउदा हेल्मेट प्रयोग गर्नुपर्छ, मादकपदार्थको सेवन गर्नुहुदैन भन्ने सोच्नु आवश्यक किनभने भोलि उसको दुर्घटना भयो भने हानी उसैलाई हुन्छ , हामी ट्राफिकलाई हुदैन त्यसकारणले गर्दाखेरी ट्राफिक प्रहरी देखेर तिनीहरुको लागि मैले यो नियम पालना गरेको छु भन्ने मानसिकता राख्नुहुन्न किनभने यो तँपाईको सुरक्षाको लागि हो तँपाईले सडकमा राम्रो व्यवहार प्रदर्शन गर्न सक्नुभयो भने भोलि तँपाईको परिवार सुखी परिवार हुन्छ, खुसी परिवार हुन्छ

 

) अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

निचोडसडक हाम्रो लागि नितान्त आवश्यक माध्यम हो सडकमा निस्कदा कहिल्यै पनि हतारिएर ननिस्कौँ समयमै निस्कियौँ भने हामी कहि कतै गएर रोकिनुप¥यो भने त्यसले तँपाईलाई अताउदैनौँ त्यसैगरी हामीले सवारी नियमको उल्लङ्घन गर्नेहरुलाई हामीले अहिले सचेतना कार्यक्रम दिईरहेका छौँ यदि तँपाईहरु पनि कुनै संघसंस्था या कुनै समूहमा आबद्ध हुनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरी शाखाको जनचेतना शाखा सँग तँपाईले सम्पर्क गर्न सक्नुहुन्छ तँपाईको साथीभाईहरु कतिजना हुनुहुन्छ हामीलाई जानकारी गराएर उहाँहरुसँग ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम अन्र्तक्रियाको माध्यमबाट या के गरी हुन्छ हामी खुशी खुशी तँपाईहरुसँगको सहकार्यमा कुराकानी गर्न तयार छौँ अहिले जुन लाईसेन्स निकाल्दाखेरीको मापदण्डले निश्चित रुपमा हाम्रो सडकमा व्यवहार गर्नको लागि पर्याप्त ज्ञान सीप हुनुपर्छ भन्ने कुराको हेक्का राख्दैन तरपनि हामी प्रत्येक व्यक्ति सडकमा निस्किदा खेरी हाम्रो जिम्मेवारी हो राम्रो सडक व्यवहार प्रदर्शन गर्ने यसले गर्दाखेरी दुर्घटनाको जोखिमलाई कम गर्न सक्छौँ जबसम्म हामीलाई अनि आफन्तलाई अप्ठेरो पर्दैन तबसम्म हामीले यो कुराको महसुस गर्दैनौँ त्यहिभएर पहिले नै यो नियमको बारेमा जानकारी राख्न पालना गर्न जरुरी ७५ प्रतिशत हाम्रो लापरबाहिको कारणले गर्दाखेरी हुने दुर्घटना मृत्युलाई हामीले राम्ररी नियम पालना गर्न सक्यौँ भने त्यो दुर्घटनाको मृत्युदर एकैचोटि २५ प्रतिशतमा घट्न आउछ त्यसैले हामीले गर्ने व्यवहारको ठूलो महत्व रोडको सुरक्षाको विषयमा हाम्रो व्यवहारलाई सुधार गर्नको लागि हामी सबै ट्राफिक प्रहरी विभाग, यातायात व्यवस्था विभाग, सडक विभाग सबैसँगको सहकार्य गर्न सक्छौँ

 

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

0 Comment so far

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.